12/20/2009

बन्द् कीर्तिपुर



हिजो बेलुका सम्म् तिन दिने बन्द् फिर्ता हुन्छ् कि भनेर आशा गर्नेहरुलाई बन्द फिर्ता नहुने भए पछि हिस्स पार्यो। बिहानैको चिसोमा कीर्तिपुर को पाङा दोबाटोमा तिर टहल्दा पसलहरु सबै बन्द थिय। माओबादीको बन्द त्यो पनि कीर्तिपुरमा!पछिल्लो निर्बाचन देखि कीर्तिपुर् माओबादीमय बनेको छ क्यारे।

औसधि पसल बाहेक सबै बन्द। पत्रिका बाटोमा बेचिदै थिय। मान्छेहरु चोकमा घाम ताप्दै, पत्रिका पड्दै, गफ् गर्दै थिए। चिया त खानै पर्यो-बिहान, त्यो पनि चिसो समय अनि बन्दमा।

हिजो अस्ति कसैले भन्दै थिए-यो बन्द त फिर्ता गर्छ् कि। पुरै फिर्ता नगरे पनि पछिल्लो २ दिनको त पक्क फिर्ता हुन्छ। आज बन्द भए पनि भोलि पर्सी को फिर्ता गर्छन् कि भनेर आशा गर्ने हरु पनि तमम छन्। अनि कसैले भन्दै थिए-कार्यकर्ताले के मान्लान र फिर्ता लिन। मानै कि बन्द कार्यकर्तालाई सक्रिय राख्नलाई हो। जागिर भएका, बन्दले आम्दानी कम नहुने हरुले भन्दै थिए-फिर्ता भयो भने त बोर हुन्छ यार्। कस्तो प्लान छ तिन दिनको बन्दमा!! एक जना सर ले भन्दै थिय-धेरै भयो बिदा नभाको मजाले घाम तापेर बिताइन्छ बन्दमा।