7/31/2011

Working on Student Farm in Wyoming

We have been working on student farm of UW called ACRES for about three months. We just do volunteer work approximately  2 hours per week on Saturday. Our schedule is from 10-12am. It is fun working on farm. However working on farm is not new for us. It is just in a new place where priorities are different. It is reminding my childhood. During our high school period, we used to work on our own farm, taking care of goats and buffaloes. Most of people in Nepal rely on their own agriculture for living. 


Farming in Laramie happens only in summer, rest of the year not possible. It is all snow covered. This year we have planted potato, tomato, cilantro, lettuce, zucchini, raspberry, strawberry, onions, pea etc. Some of them are ready to pick these time. We get to eat FRESH produce. I am putting some pictures of the farm below. Click on each picture to see larger version.


Working on the farm. Susma, Basant and Rajan from left

7/30/2011

नेपाली ब्लगरको आचार संहिता सम्बन्धमा

केहि समय अगाडी नेपाली  ब्लगरको आचार संहिता सार्बजनिक गरिएछ, १० जना ब्लगरको उपस्थितिमा. त्यहाँ सार्बजनिक गरिएका बुंदाहरु छलफलको लागि पहिले ब्लगरहरु सामु प्रस्तुत गरेको मलाई थाहा छैन. यसो हेर्दा दुइ जना ले लेखेर दश जना ब्लगरको बिचमा सार्बजनिक गरेको संहिता अन्यले मान्लान नमान्लान त्यो बेग्लै कुरो हो. ब्लगमा के लेख्ने, कस्तो सामग्री राख्ने भन्ने कुरा व्यक्ति व्यक्तिमा भर पर्ने कुरा हो. कसैले वा कुनै समूह ले यो गर्ने त्यो नगर्ने भनेर साध्य लाग्ला जस्तो लाग्दैन. तर पनि जुन समाज, देशमा बसिन्छ त्यहाको मूल्य मान्यता ब्लग मा पनि झल्कनु पर्छ. अर्को कुरा, ब्लग भन्दा बित्तिकै पत्रकारिता भित्रै घुसाउनु पनि ठिक जस्तो लाग्दैन. ब्लगरहरु केपी र उज्ज्वल ले सार्बजनीक गरेका आचार संहिताका बुँदाहरुमा मेरा आफ्ना कुरा यहा राख्छु.

ब्लगरका रुपमा, म यि तथ्यमा इमान्दार हुनेछु भन्नेमा 
१.ब्लगमा म जे लेख्नेछु त्यसमा इमान्दार र निष्पक्ष हुनेछु
२.ब्लगमा सत्थ तथ्य सामाग्रि मात्र राख्नेमा म सचेत छु
३.ब्लगमा राखिएका सामाग्रिको स्रोत प्रष्ट उल्लेख गर्नेछु।
४. कुनै तथ्य पुष्टी नभएको भए सो बारे प्रष्ट उल्लेख गर्नेछु

बुँदा एक देखि चार सम्म राम्रै छन्. सबैले सके सम्म पहिले देखि नै पालना गरि राखेकै होलान. जसले गर्दैनन् तिनले जानी जानी नगरेका होलान. यी बुँदाहरु ख्याल गर्दा आफ्नै ब्लगको बिस्वसिनियता बढ्छ, आफुले लेखेका कुरा हरु धेरैले पदछन. 


५.व्यक्तिगत स्वार्थमा आधारित सामाग्रिलाई स्थान दिनेछैन। मेरो बारेमा पेजमा आफ्नो पूर्ण विवरण खुलाउने छु।
बुँदा पा*चमा मेरो सहमति छैन. ब्लग लेख्नुका विभिन्न उदेश्य हुन सक्छन. कसैले आफ्नै स्वार्थको लागि लेख्छन भने त्यसमा अरुको आपत्ति हुनु पर्ने कुनै कारण छैन. ब्लगरको पूर्ण बिवरण राख्ने नराख्ने भन्ने पनि स्वबिबेकको कुरो हो. राख्दा राम्रै हुन्छ. 


६.ब्लग सामाग्रि प्रयोजीत हो भने सोबारे प्रष्ट उल्लेख गर्नेछु।
७.विज्ञापनका सामाग्रि ब्लगपोष्टको रुपमा राख्नेछैन, राखिएमा सो सामाग्रि विज्ञापन हो भन्ने उल्लेख गर्नुछु।

बुँदा छ र सात: विज्ञापनको सामग्री राख्दा सो को जानकारी राख्दा पाठकलाई न्याय नै हुन्छ. 


८.पोष्ट भईसकेको सामाग्रिमा कुनै गल्ती भएका जानकारी पाए लगत्तै सकेसम्म चांडो सच्याउनेछु। सच्याउंदा सो अंश पूर्ण रुपमा हटाउनेछैन। हटाउनुपरे, कारण उल्लेख गर्नेछु।
९.सबै प्रकृतीका प्रतिकृयालाई समेट्ने छु। यदी प्रतिकृया सम्पादनको व्यवस्था गरिएको छ भने सो बारे जानकारी दिनेछु।
१०.मानवियतालाई प्राथमिकता दिएर,पिडितलाई थप प्रताडित गर्ने सामाग्रि,दृष्य राख्ने छैन
११.वाक तथा अभिब्यक्ति स्वतन्त्रतालाई सधै सम्मान गर्नेछु।

बुँदा आठ देखि एघार सम्म ठिक छन्. 


ब्लगरको रुपमा जानजान म गर्नेछैन भन्नेमा 
१.पोष्ट गरिसकेको सामाग्रि पूर्ण रुपमा हटाउने वा पूर्ण रुपमा सम्पादन गर्नेछैन।
समय सन्दर्भ परिवर्तन भएमा यस्तो त हुन सक्छा नि. 



२.ब्यक्ति वा संस्थालाई धम्क्याउन ब्लगको प्रयोग गर्नेछैन।
यस्तो त कसैले पनि गर्न हुदैन, ब्लगरले मात्रै हैन. नेपाली  पत्रकारले गर्छन नि (सबैले हैन, केहिले) 



३.राष्ट्रियता,राष्ट्रिय शुरक्षा,धार्मिक सहिष्णुता र सामाजीक मर्यादालार्य खलल पुग्ने सामाग्रि राख्नेछैन
यो पनि कसैले गर्न हुदैन. 



४.यौनजन्य सामाग्रि,बैरभाव बढाउने अभिब्यक्ति र हिंशात्मक सामाग्रिले स्थान पाउनेछैनन
यो पनि सहि हो. 



५.कुनैपनि ब्यक्तिको गोप्य र निजात्मक समाग्रि राख्ने छैन
कति गोप्य कति निजि भन्ने फेरी पनि व्यक्तिगत स्वबिबेक्मा भर गर्ने कुरा हो. 



६.जानजान भाईरस तथा स्पाम र मालवेयर फैलाउने गैर कानुनी काममा संलग्न हुने छैन।
यस्तो त नगरम है. नेपाली ब्लगरको ग्रुप मेल बाट कहिले काही यस्तो आएर हैरान पार्यो भन्या. 



७.स्रोत नखुलाई कसैको पनी सामाग्रि निजि बनाएर पोष्ट गर्ने छैन।
यस्तो चोरी त गर्न भएन नि. 



८.स्रोतब्यक्तिको अनुमतीविना उसको परिचय सार्वजनिक गर्नेछैन।
यो पनि ठिक छ. 


7/29/2011

Grizzly Bear in Yellostone National Park on July 2011

In our recent trip to Yellostone and Grant Teton National Park, we were lucky to see Grizzly bear. Yellostone national park is world's first national park. We were on our third day in this area and coming down from Mammoth, WY. Driving downhill drive on the Grand Loop Road making 8 on the NP, right after the Tower Junction. The landscape was beautiful, driving was fun. I saw some people pointing their binacular towards the mountain on our right. I thought there must be something on that hill. I stopped my vehicle on the side of the road. They were looking at the Grizzly bear. YES we saw Grizzly bear. Check out this video.

Grizzly bears are one of the most aggressive bears. More about it on wiki.

7/24/2011

अर्काको लागि बाच्ने हामि

आज नेपाल ले जोर्डन सँग विश्वकप फुट्बल छनोटको लागि गेम खेल्यो। त्यो गेम भन्दा पनि त्यहा खेल्ने नेपाली खेलाडी रोहित चन्दको चर्चा बढी भयो। युरोपका क्लबले उनलाई लैजाने सम्भावनाको कारण। जालान नजालन त्यो अर्कै कुरो भो। फुट्बल खेलाडी मात्रै होइन। बर्षेनि बेलायती गोराहरु नेपालमै आउछन् उनिहरुको आर्मीमा भर्ती गर्न लाएक नेपाली ठिटाहरुको खोजिमा। यो एक किसीमको परम्पराको रुपमा बिकसित भैसक्यो सताब्दिऔ देखि। अर्काको लागि ज्यान फाल्ने/ लड्ने र काम गर्ने। अहिले हजारौं नेपालीहरु कामको खोजिमा अरबको खाडी तिर जान्छन्। पहिले यसै गरि भारत जान्थे, अहिले पनि जान्छन्। देशमै राम्रो खेल्न पाउने भए किन बिदेशी क्लबबाट खेल्न खोज्दा हुन र, आफ्नै देशको क्लबले जित्दा दिने खुशि बिदेशी क्लब ले जित्दा कहाँ मिल्ला। देशमै राम्रो, क्षमता अनुसारको काम पाउने भए किन अरबको मरुभुमी मा पसिना बगाउथे होलान् र। अब त यस्तो भैसकेको छा की देशमै गर्न सकिने काम पनि नगर्ने र बिदेश जाने संस्क्रिती बिकाश भाई सकेको छ। हिजो एक्जना साथीको फेसबुक इस्ट्याटस देखेको थिए। उनले लेखेका थिए गाऊको भाई जसको प्रसस्त जमिन छ, जसले त्यहा हुँदा सिनको भाच्ने काम गरेनन्- आजभोलि अरबमा भेडा चराउने गर्छन्। गाउमै, आफ्नै जमिनमा तरकारी खेती गरेको भए पनि अरबको भन्दा २-३ गुणा बढी आम्दानी गर्ने थिय।   

अलिकति पढेकाहरुको पनि हाल तेही हो। अर्कैको लागि काम गर्ने। एस.एल.सी पास् गर्दा बित्तिकै +२ भर्ना हुनेहरुको लक्ष्य भनेको प्रथमत डाक्टर अनी त्यसपछि इन्जिनियर अनी तेस्रोमा फिजिक्स। फिजिक्स पढे पछि अमेरिका सजिलै जना पाईन्छ भनेर। अमेरिका गए पछि नेपालको लागि काम गर्ने हैन केरे। कुनै पनि क्षेत्र छैन् जहाका मान्छेहरु अरुका (बिदेशि)काम नगर्ने कमै होलान्। आधा भन्दा बढी नेपाली डाक्टरहरु बिदेशीको सेवा गर्छन्, तेत्तिकै इन्जिनियर पनि बिदेशीको लागि काम गर्छन्। नेपाल मा भन्दा बिदेशमा बढी छन् नेपाली बैग्यानिकहरु। 

जता हेर्यो तेतै उस्तै। एउटा क्षेत्र बहेक्। त्यो हो राजनीति गर्ने हरु। राजनीति गर्नेहरु लाई भने बिदेशमा नो चान्स। कहीले सम्म यस्तो होला कुन्नि। पुस्तौ पुस्ता देखि अरुकै लागि काम गर्नु पर्ने? 

7/13/2011

अम्रिकामा गरीब मोटा, नेपालमा धनी मोटा

खान त नेपालमै पनि टन्न भात खाएकै हो, तर नेपाली माप्दन्ड अनुसार कहिल्यै खाइलाग्दो भैएन। आफूलाई चिन्ता नभए पनि आफ्नालाई/समाजलाई सरोकार हुने। अम्रिका आए पछि पनि खासै परिवर्तन भैएन। कम्तिमा ~१५-२० किलो मासु जिउमा थपेर नेपाल गा'बेलामा मेरा केही साथिलाई के भन्छन् आफ्नाले, थाहा छ? अम्रिका फापेछ। आफूलाई त त्यसरी अम्रिका फापेन। यो कुरा यतै छोडौ। 

यो पाताल मुलुक (अम्रिका) मा नेपालमा जे हुन्छ ठ्याक्कै उल्टो हुन्छ। नेपालमा गरीबहरु सुकुटे हुने, यहाँ धनीहरु सुकुटे हुने। नेपाली गरीबहरु पेट्भरी खान न'पार सुकुटे, यहाँका धनी हरु राम्रो राम्रो खा'र सुकुटे। खाइलाग्दाको कुरो गर्दा नेपालमा धनीमानीहरु यति ठुलो भुँडी हल्लौदै मर्निङ वाक जान्छन्। अनि गरीबहरु काम गर्दा गर्दा लखतरान पर्दा पर्दै सुक्छन्।  अम्रिकामा गरीबहरु मोटा, थल् थल गर्दै हिड्ने। हिड्नै गार्हो हुनेहरु। रोगीहरु। संसारमै धेरै खाने वा खाने कुरा खपत गर्नेहरुमा नम्बर एक हुन अम्रिकीहरु। मन ला'को खान्छन्, नला'को फाल्छन्। धनीहरुले रसिलो, पोसिलो, तागतिलो, फ्रेस खान्छन्। खाए पछि तेत्तिकै तन्दुरुस्त हुन ब्यायाम गर्छन् र पो निरोगी र राम्रा देखिन्छन्। गरीबहरु बोसै बोसो भरिएको कुखुरो खान्छन (जुन सस्तो हुन्छ तेहि), ब्यायाम गर्ने सुबिधाबाट बन्चित छन् अनि मोटाको मोटै। नेपालका धनीहरु खाको खाइ गर्छन्, भौतिक काम काम गर्छन अनी मोटो हुन्छन्। उता गरीबहरु खानै पादैनन तर काम गरेको गरेइ अनि चाइए भन्दा पनि सुकुटे हुन्छन्। 

7/11/2011

Beautiful Flowers in Laramie

One thing to be noted about the plants in this area is that they have to complete their life cycle in very short interval of time. Summer is short. Rest of the year is covered with snow. That's why in the early summer these plants start their life and late summer they just dye. Summer is beautiful because winter is all white. One can see nice and beautiful flowers around the campus area of University of Wyoming. Some of them are just wild and many of them are planted by the campus. Last year, I had posted one blog post with fully grown flowers. Click here to see them. This time of the year they are not too big. Have a look of some of the flowers. I took these pictures today evening.