4/30/2015

नया प्रविधिले सजिलो पारेको उद्दार र प्रकोप ब्यवस्थापन

अस्ति शनिबार गएको भुइचालोले हजारौको ज्यान लियो, हजारौ घरहरु भत्के र लाखौ घाइते भए। कतिपय ठाउमा भर्खर उद्दरकर्मिहरु पुग्दै छन बल्ल ४-५ दिन पछि । 
भुइचालोबाट प्रभावित क्षेत्र नक्सामा 
यो भन्दा करिब ८२ वर्ष पहिले पनि यत्तिकै ठुलो भौइचालो जादा करिब दस हजार (नेपालमा मात्रै, भारतको बिहारमा करिब सात हजार) को मृत्यु भएको थियो । 

अहिलेको भुइचालो पछिको उद्दार, राहत ब्यवस्थापन २४सै भन्टा हेरीरहदा ९० सालको भुइचालोपछिको अवस्था त्यतिबेलाको समाज र सरकारले कसरि सम्हाल्यो होला जस्तो लाग्छ । त्यतिबेला न अहिलेको जस्तो संचारको सुबिधा थियो, न बाटोघाटो र गाडिहरुको। हेलिकोप्टर र प्लेनको त कुरै छोडौ। न अहिलेको जस्तो बिस्व एक भएको जस्तो अवस्था. जसरि अन्तरास्ट्रिय सहयोग सजिलो र समयमै आउने अवस्था। 

यसपालिको भुइचालो पछि मानिसहरुको ज्यान बचाउन केहि समय यता प्रयोगमा आएका नया प्रविधिले ठुलो भूमिका खेलेका छन । जसले गर्दा उद्दरकर्मिहरुलाई भत्केका ठाउको महत्वपुर्ण सुचना पाउन, चेपिएका र घाइतेहरुकोबारेमा थहपाउन, र उद्दारका सामग्री पठाउन सहयोग गरेको छ । 

सबैभन्दा ठुलो भूमिका सामाजिक संजालले (फेसबुक, ट्विटर, स्काइप, भाइबर) गर्यो । करोडौले ट्विटहरु भए यो अबधिमा, जसले गर्दा #Nepal, #NepalQuake, #NepalearthQuake, #NepalQuakeRelief जस्ता ह्यासट्यागहरु ट्रेण्डिन भए केहि दिन सम्म। सहि सुचना पुर्याउन, स्वमसेवकहरु समन्वय र परिचालन गर्न । त्यो भन्दा पढि अन्तराष्ट्रिय क्षेत्रबाट सहयोग (रकम वा जिन्सी) सकलन गर्न । केहि वर्ष अगाडी पनि यो सम्भब थिएन ।

फेसबूकले म सुरक्षित छु भन्ने (Safety Check Feature) अभियान चलायो, जसले गर्दा आफन्त र साथीभाई सुरक्षित भएको थाहापाउदा धेरैलाई राहत मिलेको छ ।

त्यस्तै गरि गुगलको व्यक्ति पत्ता लगाउने टुलले (Person Finder Tool) पनि निकै मद्दत गरेको छ । 

केहि वर्षदेखि मात्रै बजारमा आएको ड्रोन प्रविधिले आकाश माथिबाट तलको द्रिस्य खिच्न, मान्छे र हेलिकोप्टर पुग्न नसक्ने ठाउको स्थिती बुझ्न निकै मद्दत गरेको छ । तर यो प्रविधिको प्रयोग धेरै सिमित मात्रामा मात्रै भएको पाइयो । केहि स्वदेशी र बिदेशी पत्रकारले मात्र । चीनको उद्दार टोलीले पनि ड्रोन प्रयोग गरेको खबर आइरहेको छ । क्यानाडाको एरोन प्रयोगशालाले तिन वटा ड्रोन नेपाल पठाएको जनाएको छ । यी ड्रोनले तापीए क्यामेरा प्रयोग गरेर मानव शरिर भएको नभएको, १००० फीट टाढा बाट मानव अनुहार चिन्न सक्ने गरि फोटो खिच्न सक्ने रहेछ । साथ् साथै यस्ता ड्रोनले प्रभावित क्षेत्रको २-डि र ३-डि नक्साहरु बनाउन पनि सहयोग गर्न सक्छन ।


   
  ड्रोनबाट खिचेको भुइचालो पछिको अवस्था 

तापिए फोटो खिच्ने क्यामेरा (IR Camera) भने खासै प्रयोग भएको थाहा पाउन सकिन । यो क्यामेराले बस्तु वा ठाउ बाट आउने तापक्रमको आधारमा फोटो खिच्छ । जसलाई कुनै पुरिएको ठाउमा मान्छे वा जनावर छ कि छैन भनेर थाहा पाउन प्रयोग गर्न सकिन्थ्यो । खासै महँगो पनि नपर्ने क्यामेरा नेपालमा प्रयोग गर्ने व्यक्तिहरु वा संस्थाहरु त्यति नभएको जस्तो लाग्यो । 

डिजिटल नक्सा प्रविधिले पनि उद्दरकर्मी र राहत वितरण गर्ने हरुलाई विभिन्न ठाउमा सजिलो संग पुग्न मद्दत गरेको छ।  

९० सालको भुइचालो संग तुलना गर्दा अहिले हेलिकोप्टरले पनि ठुलो मात्रामा सहयोग गरेको उद्दार, राहत बितरन आदिमा । 

No comments:

Post a Comment

Please type your comment in the box below.